Tuesday, October 14, 2008

एक ढिक्का भएर अघि बढेमात्र वर्तमान चुनौति पारगर्न सकिन्छः मन्त्री पौडेल

जलश्रोतमन्त्री विष्णुप्रसाद पौडेलले सबै राजनीतिक दलहरु हातेमालो गरी एक ढिक्का भएर अघि बढेमात्र वर्तमान चुनौतिहरु पारगर्न सकिने बताउनु भएको छ ।

मंगलबार बिहान मेचिकाली प्रकाशन प्रालिको चौथो साधारणसभाको बुटवलमा उदघाटन गर्दै उक्त कुरा बताउनु भएको हो । साथै उहाँले अहिलेको सरकार विभिन्न पृष्ठभुमीबाट आएका दलहरुको संयुक्त सरकार भएकाले जनताले चाहेअनुरुप काम गर्न नसकिएको स्पष्ट पार्नु भयो ।

उहाँले फरक फरक विचार र पृष्ठभुमीवाट आएपनि एक आपसमा सहमती र समझदारी गरेर लक्ष्य हासिल गनु्पर्ने आवश्यकता औल्याउनु भयो ।

त्यसैगरी सोही कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा सभासद छविलाल विश्वकर्मा, सभासद नेत्र पन्थी, पूर्वविद्यायक सूर्यप्रसाद प्रधान लगायतकाले बोल्नु भएको छ ।



नेपाल जापान डट् कम् सम्वाददाता
बुटवल । अक्टोबर, १४

No comments: