Sunday, October 12, 2008

बोक्सा बोक्सीको आरोपमा कुटपिट

बोक्सीको आरोपमा जनकपुरमा शनिबार एकै परिवारका तीन जनालाई निर्धात कुटपिट गरिएका छन् ।

जनकपुर नगरपालिका १६ कपिलेश्वरमा बस्दै आएका कुशेश्वर साह उहाँकी पत्नी कुम्हीया देवी र बुहारी सीतादेवी साहलाई गाँउलेले बोक्सा बोक्सी भन्दै कुटपिट गरेका हुन ।

आगनमा हरेको कारण बोक्सीको आरोपमा पिटिएका तिनै जनाको उपचार अहिले जनकपुर अञ्चल अस्पतालमा भई रहेको छ ।

पीडितहरुले गाँउका स्थानीय बासिन्दा बौएजी मण्डल र उनका छोराहरुले पिटेको आरोप लगाएका छन् ।


सानुकुमारी उपाध्याय
जनकपुर । अक्टोबर, १२
श्रोत:nepaljapan.com

No comments: