Tuesday, October 14, 2008

ट्रान्जिटमा पनि भिसा

निर्मल श्रेष्ठ

हङकङ, असोज २७ - एयरपोर्ट ट्रान्जिट हु“दै अन्य मुलुक जाने यात्रुसमेतले उडान पर्ूव हङकङको भिसा लिनुपर्ने अध्यागमनको नियमले नेपाली मर्कामा परेका छन् । तीन वर्षघिसम्म हङकङमा नेपालीलाई सजिलै भिसा उपलब्ध ह“ुदै आएको थियो ।

राष्ट्रिय ध्वजावाहक 'नेपाल एयरलाइन्स' लगायत सम्पर्ूण्ा एयरलाइन्सका नेपाली यात्रुका हकमा अनिवार्य रहेको भिसा क्याथे प्यासिफिक र ड्रागनका नेपाली यात्रुकै लागि छुट छ ।

अन्य एयरलाइन्समा उड्नुपर्दा काठमाडौंस्थित चिनिया“ दूतावासले अधिकांशलाई भिसा उपलब्ध नगराएको गुनासो छ । नेपाल एयरलाइन्सबाट हङकङ ट्रान्जिट भएर जाने यात्रुलाई समेत भिसा छुट गराउने पहल भए पनि अध्यागमनका र्सत आर्थिक भार धान्न मुस्किल रहेकाले राज्यस्तरबाटै पहल हुनुपर्ने हङकङ शाखा प्रमुख शान्ता बस्नेत बताउ“छन् । नेपालको ब्रि्र“दो राजनीतिक परिस्थिति र अवैध बसोबास बढेको कारण देखाउ“दै २०६२, जेठ २४ देखि हङकङ अध्यागमन विभागले नेपालीका भिसा बन्द गरेको हो ।

रोजगारी, व्यापार, तालिम र अध्ययनका लागि पर्ूण्ारूपमा भिसा बन्द गरिएको छ । पर्यटक, डिपेन्डेन्ट 'आश्रति' र पु“जी लगानी भिसाका आवेदन स्वीकार गरिए पनि प्रक्रिया जटिल बनाइएको छ ।

'घरेलु कामदार अत्यधिक माग रहेको हङकङ पारिश्रमिकका लागि आकर्ष र सुरक्षित ठाउ“ हो,' हङकङ नेपाली महासंघका अध्यक्ष, हेम लिम्बूले भने- 'सबैलाई खुला रहेको भिसा नेपालीले गुमाउ“दा रोजगारीका अलावा विकसित देशमा रहेर दक्षता हासिल गर्ने अवसरसमेत गुमेको छ ।' भिसा बन्द गरिनुपर्ूव आएका करिब १५ सय घरेलु कामदार यहा“ कार्यरत छन् ।

स्थायी रूपमा बसोबास गरेका नेपालीले आफन्तका लागि भिसा प्रायोजन गर्दासमेत झन्झटिलो प्रक्रिया र लामो समय लिनाले प्रायः काममा व्यस्त रहने हङकङमा बिरामी, सुत्केरी र कसैको मृत्यु हु“दा बेसाहारा हुने गरेका छन् ।

भिसामा गरिएको कडाइले प्रतिष्ठित कलाकार, व्यापारी र पत्रकारसमेतले समस्या झेलेका छन् । चलचित्र म तिमीबिना मरिहाल्छुको प्रिमियर पर््रदशन हङकङबाट गर्ने सबै चा“जोपा“जो मिलाएका नायक/निर्माता भुवन केसीले भिसा नपाएपछि कार्यक्रम रद्द गरे । गायक उदितनारायणको नेपाली पासपोर्टमा भिसा दिन आनाकानी गरेपछि यहा“स्थित भारतीय महावाणिज्य दूतावासले अध्यागमनलाई पत्र काटेको आयोजक बताउ“छन् ।

'हामीले हङकङमा नेपालीको योगदानलाई ध्यान दिन र अन्य मुलुकस“ग नदा“ज्न प्रमुख कार्यकारी 'डोनाल्ड चाङ' लगायत अध्यागमनका उच्च अधिकारीसमक्ष कुरा राख्दै आएका छौं,' नेपाली महावाणिज्यदूत केशवप्रसाद भट्टर्राईले भने, 'उनीहरू उचित समयमा पुनरावलोकन हुने भन्दै, अनधिकृत रूपमा हङकङ बसेकाहरूको तथ्यांक देखाई पन्छिन्छन् ।

No comments: