Tuesday, October 14, 2008

लोकतन्त्रको मूल्यमान्यताविरुद्ध सम्झौता गर्दिनं: कोइराला

नेपाल जापान डट् कम् सम्वाददाता
काठमाडौं अक्टोबर, १४

नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले कानुनी राज्य, मानवअधिकार, प्रेस स्वतन्त्रता र लोकतन्त्रको मूल्य, मान्यताविरुद्ध

आफूले कसैसँग सम्झौता नगर्ने बताउनुभएको छ ।

विजयादशमीका अवसरमा नेपाली काङ्ग्रेसद्वारा मंगलबार आयोजित चियापान कार्यक्रममा पत्रकारसँग कुराकानी गर्दै सभापति कोइरालाले

सहमति र सहकार्यबाटै राजनीतिक निकास खोज्नुपर्छ भन्ने आफ्नो अडान दोहोर्‍याउनुभयो ।

उहाँले नेकपा -माओवादी)ले सहमतिको संस्कारलाई तोडेको बताउँदै राष्ट्रिय मेलमिलापको सान्दर्भिकता अझै रहेको उल्लेख गर्नुभयो ।

सभापति कोइरालाले सो अवसरमा एसके बाँस्कोटाद्वारा प्रकाशित 'गणतान्त्रिक खबर' राष्ट्रिय साप्ताहिक पत्रिकाको विमोचन पनि गर्नुभएको

थियो ।

No comments: