Sunday, October 12, 2008

चाँगुनारायण भत्कने अवस्थामा

मकर श्रेष्ठ

भक्तपुर, असोज २६ - विश्व सम्पदा सूचीमा परेको भक्तपुरको चा“गुनारायण मन्दिर भत्कने अवस्थामा पुगेको छ । मन्दिरको उत्तरपर्ूव कुनामा काठबाट बनेका झ्यालढोका र इटाको गारो छुट्टएिको छ । काठ र इ“टा छुट्टएिपछि मन्दिरै टेढो भएको छ । मन्दिर उत्तरतर्फढल्किसकेको छ ।

मन्दिरको अवस्थालाई पुरातत्त्व विभाग र गुठी संस्थानमा जानकारी गराउ“दासमेत वास्ता नगरेको स्थानीयवासी गोविन्दलाल श्रेष्ठले बताए ।

मन्दिरको उत्तरतर्फो भागको इटाको गारो र झ्यालढोकाको भा“जो फाटेको छ । झ्यालढोकामा जोडिएको काठको बीचको भाग छुट्टएिर हात छिर्ने भएको छ ।

मन्दिरमा राखिएको भmयालढोका भित्र पसेको छ भने इटाको गारो धेरै बाहिर निस्केको छ । मन्दिरबाट उत्तरमा रहेको मनोहरा खोलाबाट अवैधरूपमा बालुवा निकाल्ने गरेकाले मन्दिर भत्कने अवस्थामा पुगेको चा“गुनारायण मन्दिरस“गै रहेको छिन्नमस्त माईका पुजारी प्रचण्ड कर्माचार्यले अनुमान गरे ।

मन्दिर मात्र होइन, उत्तरतर्फो शौचालय रहेको जमिनसमेत चर्किएको छ । छिन्नमस्त माईका पुजारी बस्ने घरसमेत चर्केको छ ।

मन्दिरको मर्मत र रंगरोगन २०१८ देखि नभएको उनले बताए । दर्ुइ वर्षघि छानामात्र मर्मत गरेको उनले सुनाए । 'एक वर्षघिसम्म थोरै भा“जो फाटेको थियो,' उनले मन्दिरलाई देखाउ“दै भने, 'एक वर्षो अन्तरालमा यस्तो धेरै भा“जो फाटेको हो । यही गतिले मन्दिर चर्किने हो भने ५ देखि ७ वर्षा मन्दिर ढल्ने अवस्थामा पुग्छ ।'

मन्दिरको रंगरोगन नभएर फुस्रो छ । मन्दिरबाट इटा खसेका छन् । मन्दिरको पश्चिमतर्फो केही तलको भागमा पहिरो गएको छ । पहिरो गएको माथिल्लो भाग -सडकभन्दा माथि जंगल भएको भागमा) जमिनै चर्केको छ । पश्चिम भागमा मात्र होइन, उत्तरतर्फपनि जमिन चकेको छ । हर्ेदा सानो पहिरो देखिए पनि भित्रभित्रै जमिन चर्केको स्थानीयवासी भक्तलाल श्रेष्ठले बताए । पहिरो यस वर्षो वषर्ातमा गएको हो । 'पहिरो गएको दिनदेखि पुरातत्त्व विभागमा सर्म्पर्क गर्दा बजेट छैन भनेर आलटाल गर्ने गरेका छन्,' श्रेष्ठले भने । पहिरो नियन्त्रणमा सरकारले कुनै चासो दिएन भने मन्दिरसमेत भत्किने सम्भावना रहेको उनले बताए । 'मन्दिरको संरक्षण गर्न सकिएन भने हाम्रो टोलको मात्र सम्पत्ति होइन, विश्वको सम्पत्ति पहिराले लैजाने र मर्मतसम्भार नभएर भत्कन सक्छ,' उनले भने । चा“गुनारायण मन्दिर सन् १९६९ मा विश्व सम्पदा सूचीमा सूचीकृत भएको हो । र्

मर्मतसम्भारमा कुनै ध्यान नगए पनि मन्दिरको परिसरमा समेत जताततै फोहोर छ । उत्तरतर्फरहेको शौचालयको दर्ुगन्ध मन्दिरसम्म आउ“छ । मन्दिर रहेको पश्चिमको सिंढी छेउछाउमा पर्खाल भत्किएको छ । सिस्नुको घारीले बाटै छेकिएको छ । उक्त क्षेत्रको फोहोरले त्यस क्षेत्रबाट पर्यटक आहोरदोहोर गर्न छाडेको स्थानीय व्यापारी अनिष भट्टले बताए । यहाको सरसफाइमा कमी भएपछि विगतभन्दा कम पर्यटक आउने गरेका छन्,' उनले भने- 'पर्ूवभन्दा पनि पश्चिम र उत्तरतर्फो दृश्य मनमोहक छ । १ सय ८ भर्‍याङ पनि त्यहीं छ ।' पर्यटक पर्ूवतर्फो गेटबाट मन्दिर प्रवेश गर्ने गर्छन् ।

मन्दिर सरसफाइमा ध्यान नदिएको भन्दै केही वर्षघि विदेशी संघसंस्थाले 'चा“गुनाराण' लाई सम्पदा सूचीबाट हटाउनेसम्मको चेतावनी दिएका थिए । त्यति हु“दा पनि कुनै परिवर्तन हुन नसकेको पर्ूवगाविस उपाध्यक्ष श्रेष्ठले बताए ।

पुरातत्त्व विभाग भक्तपुरका प्रमुख अरुणा नकर्मीले मन्दिर भत्कन लागेकोबारे आफूलाई जानकारी नभएको दाबी गरिन् । मर्मतका लागि पुरातत्त्वले मात्र गरेर नहुने उनले बताइन् । मन्दिर मर्मतका लागि सरकारले कम बजेट विनियोजन गर्ने गरेकाले समस्या परेको उनले दाबी गरिन् । 'रकम नभएर मर्मत गर्न नसकेको हो,' उनले भनिन्, 'मन्दिर मर्मतका लागि सम्बन्धित निकायले पनि चासो देखाउनुपर्‍यो ।' मन्दिरलाई देखाएर चा“गुनारायण गाविसले प्रतिपर्यटक १ सय रुपैया“ लिने गरे पनि मर्मतका लागि कुनै पहल नगरेको उनले आरोप लगाइन् । 'सम्पदालाई देखाएर गाविसले पैसा लिन्छ भने सरसफाइ र मर्मतका लागि पनि खर्च गर्नुपर्छ,' नकर्मीले भनिन् । पहिरो रोकथामका लागि पनि पुरातत्त्वले सम्बन्धित निकायमा जानकारी गराइसकेको उनले बताइन् । मन्दिर परिसरमा सडक बनाएपछि पहिरो जान लागेको उनले बताइन् । सवारीसाधन गुडाउन छाडेमात्र पहिरो रोकिने उनले जानकारी दिइन् ।


श्रोत: कान्तिपुर

No comments: