Sunday, October 12, 2008

मृगस्थलीमा फैलिए मृग

तर्ीथ न्यौपाने

काठमाडौं, असोज २६ - पशुपति दर्शन गर्न आउने भक्तजनलाई वनकाली नगए चित्तै बुझ्दैन । यसका धेरै कारण हुन सक्छन्् । त्यसमध्ये पनि हालै एक संयोग थपिएको छ, त्यो हो- फैलि“दो मृगका बच्चा ।

यहा“स्थित बाटिकामा रहेका मृग हेरेर झक्तजनदेखि पर्यटकसम्म आनन्द लिन थालेका छन् ।

मृगको चहलपहलले त्यस क्ष्ँेत्रको वातावरण थप रमणीय बनाएको छ । 'मृगको घुमफिर रमाइलै लाग्यो,' पशुपति दर्शन गरी मृग हर्ेन पुगेका ८१ वषर्ीय वृद्ध बुद्धिमान महर्जनले भने । पशुपतिको यात्रास“गै मृग हर्ेनका लागि आफू ललितपुरबाट आएको उनले बताए ।

'मृग राखिपछि यो ठाउ“ राम्रो भएछ,' उनले भने, 'पहिला चिडिखानामा देखेको थिए“, अहिले फेरि हर्ेन पाइयो ।'

बाटिकामा नेपाल प्रकृति संरक्षण कोषको सहयोगमा २०६१ मंसिर ४ गते ३२ वटा छाडिएका थिए । अहिले एक सयको हाराहारीमा पुगेको पशुपति क्ष्ँेत्र विकास कोषका अधिकृत राजु रेग्मीले जनाए । बाटिकामा रतुवा, कृष्णसार र चित्तल गरी तीन जातका मृग छन् । हावापानी पनि उपयुक्त भएकाले मृग सप्रेको रेग्मी बताउ“छन् ।

'कृष्णसार तर्राईमा मात्र पाइने दर्ुर्ुलभ जातको मृग हो, यो यहा“ बा“च्दैनजस्तो लागेको थियो,' उनले भने, 'हावापानी उपयुक्त भएर होला, अहिलेसम्म राम्रै छन् ।' बाटिकामा ४० कृष्णसार छन् ।

मृगको हेरचाहका लागि विकास कोषले ४ कर्मचारी व्यवस्था गरेको छ । उनीहरूले बिहानैदेखि बेलुका अबेरसम्म बाटिकामा बसेर मृगको रेखदेख गर्दै आएका छन् ।

मृगले 'नेप्पियर' जातको डाले घा“स मन पराउने गरेको हेरचाहमा खटेका कृष्णप्रसाद पोखरेलले बताए । उनी ५ वर्षेखि मृग स्याहार्दै आएका छन् । मृगलाई घा“सबाहेक मकै, चना, भटमास र चोक्कर दिने गरिएको छ । 'बिहान र बेलुका दर्ुर्ुइपटक दाना दिने गरेका छौं,' उनले भने, 'दाना दिने भएर होला, हामीस“ग त झ्याम्मिएका छन् । नजिकै जा“दा पनि भाग्दैनन् ।'

यतिखेर ६ वटाले बच्चा पाएका छन् । 'मृगले ६/६ महिनामा बच्चा जन्माइरहन्छ,' उनले भने ।
श्रोत: कान्तिपुर

No comments: