Tuesday, October 14, 2008

अल्पमत भ्रम मात्र होः महासचिव खनाल

नेपाल जापान डट् कम् सम्वाददाता
काठमाडौं अक्टोबर, १४

नेकपा एमालेका महासचिव झलनाथ खनालले आफू पार्टीमा अल्पमतमा परेको भन्ने भ्रम फैलाइएको बताउनुभएको छ। कांग्रेसको

चियापान कार्यक्रममा संचारकर्मीहरुसँग कुरा गर्दै महासचिव खनालले केन्द्रीय कमिटिमा अल्पमतमा परेको भनी प्रायोजित ढंगले हल्ला

फैलाइएको बताउनुभयो ।

केन्द्रीय कमिटि विघटन गरी आयोजक समिति बनाउने प्रस्तावमा केही सदस्यले सहमति नजनाएपछि सबैलाई मिलाएर लैजान प्रस्ताव

फिर्ता लिएको उहाँले बताउनुभयो ।

स्रोतहरुका अनुसार बैठकमा ओली पक्षले आयोजक समिति गठनको विरोधमा मत जाहेर गरेको थियो । आठौ महाधिवेशनका लागि

समिति गठन गर्दा हालका कतिपय केन्द्रीय सदस्यहरुको हैसियत समाप्त हुने भएकाले पनि यही केन्द्रीय कमिटिलाई आयोजक समिति

मान्ने र अन्य व्यवस्थापनका लागि मात्र समिति गठन गर्ने टुंगोमा एमाले पुगेको थियो ।

No comments: