Showing posts with label विदेशीयका नेपाली. Show all posts
Showing posts with label विदेशीयका नेपाली. Show all posts

Sunday, October 12, 2008

कुवेतबाट घर फिर्नेमा अधिकांश युवती

कान्तिपुर समाचारदाता

कतार, असोज २६ - मुसलमान समुदायको पवित्र पर्व रमदानको समय पारेर कुवेत सरकारले दिएको डेढ महिना लामो आममाफी अवसरपछि घरफिर्ता हुन लागेका ५ सयभन्दा बढी नेपालीमा अधिकांश युवती छन् ।

साउदी अरेबियाको रियादस्थित नेपाली दूतावासबाट आवश्यक कागजात प्रबन्धका लागि कुवेत पुगेका कूटनीतिक अधिकारी पुष्प भट्टर्राईका अनुसार बढीमा आठ वर्षेखि कुवेतमा गैरकानुनी रूपमा बसिरहेका नेपालीसमेत भेटिएका छन् । छुटको अवसरमा घरफिर्तीमा इच्छुक देखिएकामध्ये करिब ५० जना मात्रै पुरुष छन् ।

अधिकांश देखावटी बिहा गर्नाले कानुनी उल्झनमा परेका र तोकिएको कम्पनी छाडेर भगौडा रूपमा काम गर्नेहरू भेटिएका छन्,' दूतावासका तृतीय सचिव पुष्प भट्टर्राईले भने । कुवेतस्थित माउन्ट एभरेस्ट स्पोर्टिङ क्लबका उपाध्यक्ष धर्मराज गिरीका अनुसार त्यहा“का जेलहरूमा ३३ नेपाली महिला रहेकोमा केही भने कुवेत पुगेपछि जन्मिएका शिशुहरूसहित थुनामा छन् । सामान्यतया ४० कुवेती डलर अर्थात् १० हजार रुपैया“ तलब पाउने भए पनि भगौडा बनेमा बढी सेवा सुविधा पाइने आसमा भागेर काम गर्ने युवतीहरू गैरकानुनी बन्ने गरेको उनले बताए ।

अक्टोबर १५ सम्मका लागि छुट अवसर दिइएकोमा अझै पनि थुप्रै गैरकानुनी नेपाली सर्म्पर्कमा नआएको कुवेतस्थित अर्का व्यवसायी मित्र सिञ्जालीले बताए । कुवेतमा कम्तीमा १५ हजार नेपाली रहेको अनुमान गरिएकोमा अधिकांश घरेलु कामदार छन् ।

नेपाल सरकारले घरेलु कामदारलाई प्रतिबन्ध लगाएको खाडीको कुवेतसहितका मुलुकमा नेपाली युवतीहरू आउने क्रम भने घटेको छैन । कुवेतबाहेक खाडीका ओमान, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स तथा कतारमा समेत घरेलु कामदार बनेर आएका नेपाली युवतीको बिचल्ली अवस्था उल्लेख्य रहिआएको छ ।

श्रोत: कान्तिपुर