Showing posts with label तालाबन्दी. Show all posts
Showing posts with label तालाबन्दी. Show all posts

Sunday, October 12, 2008

नगरपालिकामा अनिश्चितकालीन तालाबन्दी

जलेश्वर नगरपालिका कार्यालयमा आइतबार आक्रोशित एक समूहले अनिश्चितकालीन तालाबन्दी गरेको छ ।

जलेश्वर नगरपालिका-१ मा सडक मर्मतका लागि सो नगरपालिकाद्वारा निकासा गरिएको रु.तीन लाख ५५ हजार अनियिमितता भएको भन्दै सो वडावासीले नगरपालिकाका कार्यालय प्रमुख, योजना शाखा र लेखा शाखामा अनिश्चितकालिन तालाबन्दी गरी जिल्ला प्रशासन कार्यालय, महोत्तरीमा प्रतिनिधिमण्डलका रुपमा पुगेका थिए ।

स्थानीयवासीले कार्यालय प्रमुख, योजना शाखा र लेखापालको संयुक्त मिलोमतोमा सो रकम भ्रष्टाचार भएको आरोप लगाएका छन् ।


नेपाल जापान डट् कम् सम्वाददाता
महोत्तरी अक्टोबर, १२