Showing posts with label नेपाल समाचार. Show all posts
Showing posts with label नेपाल समाचार. Show all posts

Tuesday, October 14, 2008

सिराहमा गोलीहानी एकको हत्या

नेपाल जापान डट् कम् सम्वाददाता
सिराहा । अक्टोबर, १४


सिराहा अर्नामा गाविस १ का एमाले कार्यकर्तालाई लुटेराहरुको एक समूहले गोलीहानी हत्या गरेको छ ।

सोमबार राति करिब ६/७ जनाको समूहमा आएका हतियारधारी समूहले ४० वर्षिय उत्तिमलाल महतोको गोलीप्रहरी गरि हत्या गरेको

प्रहरीले जनाएको छ ।

घरमा सुतिरहेका महतोलाई लुटेराहरुले तीन गोलीप्रहार गरेको थियो । उनीहरुले महतोको घरबाट करिब ५० हजार बराबरको धनमाल

लुटेरलगेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

Sunday, October 12, 2008

पूर्वी मोरङमा भारतीय डाँकाको त्रास रात परेपछि गाउँले सीमापार

विनोद भण्डारी

कुटुमगन्ज -मोरङ, असोज २६ - उमेरले सत्तरी नाघेकी ललिता साह प्रत्येक दिन घाम अस्ताउनु पहिल्यै चौपाया घिस्याउ“दै जायजेथा बोकेर बास बस्न सीमापारिको रानीकट्टा पुग्छिन् । बिहान उज्यालो भएपछि फेरि सबै सामान लिएर फर्किन्छिन् ।

ललितामात्र होइन, पर्ूर्वी मोरङको

सीमावर्ती बरडंगाको कुटुमगन्ज र झुकियाको डोरिया बस्तीका सयभन्दा बढी परिवारको नियति यस्तै छ । भारतीय डा“काको लुटाइबाट जोगिन सबै परिवार चौपायासहित जायजेथा लिएर दिनहु“ राति भारत पस्छन् र उज्यालो भएपछि घर र्फकन्छन् । दिनभर खेतबारीमा काम गर्छन् ।

जब सा“झ पर्छ बास बस्न फेरि सीमापारि पुग्छन् ।

'तीन वर्षपहिला सात पटकसम्म भारतीय मूलका डा“काले चौपाया, भा“डाकु“डा र गरगहना लुटे,' ललिताले भनिन्, 'त्यसयता बास बस्न भारत जान थालेपछि लुटिएकीे छुइन“ ।' 'राति आफ्नै घर बसे भारतीय डा“का आएर लुट्छन्, उनीहरूलाई भारतीय प्रहरीले कारबाही गर्दैन,' अर्का पीडित शोभालाल साहले भने, 'भारतमै गएर बास बस्दा लुटिइ“दैन र लुटिए पनि भारतीय प्रहरीले तत्काल कारबाही गर्छ, त्यसैले सीमापारि बास बस्न बाध्य भएका हौं ।'

उनी पनि १५ पटक लुटिएपछि तीन वर्षेखि बास बस्न भारत जान थालेका हुन् । राति भारतमा बास बस्ने र बिहान घर फर्केर काम गर्ने आफूहरू तीन वर्षता नलुटिएको धरमचन साहले बताए । तर

आफ्नै घरमा बास बस्ने छिमेकीहरू अहिले पनि बारम्बार लुटि“दै आएको उनले बताए ।

बरडंगा कुटुमगन्ज बस्तीका ८५ परिवार र झुरकिया डोरिया बस्तीका ३० परिवारमध्ये सयभन्दा बढी बास बस्न सीमापारि जान्छन् । अधिकांशले दसगजा र आफन्तको जमिनमा अस्थायी झुप्रो बनाएका छन् ।

'उनीहरू सबै सीमा क्षेत्रमा राम्रो घर र एक दर्ुइ बिघा जमिन भएका परिवार हुन्,' स्थानीय समाजसेवी खड्ग रिजालले भने, 'सा“झमा साना नानीदेखि ७२ वर्षा वृद्धहरूसम्म लस्करै भारत पस्दा र बिहान र्फकंदै गरेको दृश्य देख्दा रुन मन लाग्छ ।' रिजालका अनुसार बरडंगा, झुरकिया, महादेवा, डाइनिया, आमगाछीलगायतका सीमावर्ती गाविसका बस्तीबाट डा“काले धनमाल लुट्ने गरेका छन् । लुटपाटकै क्रममा झुरकिया मजुरामारीका साथीलाल साह, बरडंगाकी लक्ष्मी यादवसहित आधा दर्जन गाउ“लेको हत्या भएको छ । महिलामाथि दर्ुर्व्यवहार हुने गरेको छ । गत वर्षमजुरामारीमा डा“काले साथीलालको हत्या गरी बस्ती नै लुटेपछि त्यहा“का दर्जन बढी परिवार अन्यत्र सरेका छन् ।

दशक पहिला विस्थापित सबै प्रहरी चौकी मोरङ प्रहरीले गत वर्षपुनःस्थापना गरे पनि गाउ“ले अझै ढुक्क भएका छैनन् । 'एक वर्षता त्यस क्षेत्रमा डकैती भएको छैन,' इलाका प्रहरी कार्यालय रंगेलीका निरीक्षक मिलन भट्टर्राईले भने, 'तर डा“काबाट पीडितहरू राति सुत्न सधै“ सीमापारि नै जान्छन् ।'

सरकारको आलोचना

कान्तिपुर संवाददाता

काठमाडौं, असोज २६ - शान्तिसुरक्षामा सुधारको अनुभूति दिलाउन नसकेको र माओवादी ज्यादती कायमै रहेको आरोप लगाउ“दै एमालेले गठबन्धन सरकारको आलोचना गरेको छ ।

मुख्यालय बल्खुमा आइतबार सुरु २१ औं केन्द्रीय कमिटीको बैठकमा सदस्यहरूले शान्तिसुरक्षा प्रत्याभूत गराउन नसकेको भन्दै गृहमन्त्री वामदेव गौतमको आलोचना गरेका हुन् । बैठकले आगामी असोज ३० गतेदेखि दुई दिन राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ ।

महासचिव झलनाथ खनालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल सोमबार हुने भएको छ । केन्द्रीय सदस्य रामनाथ ढकालले बैठकको प्रारम्भमै ज्यान मुद्दा खेपिरहेका अर्घर्ाा“चीका दस कार्यकर्ता रिहाइको पहल नगरेकामा गृहमन्त्री गौतमको आलोचना गरेका थिए । त्यसपछि पश्चिमाञ्चलका अन्य सदस्यले पनि शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन नसकेको भन्दै थप टिप्पणी गरे । ०६४ फागुनमा अर्घर्ाा“चीको नुवाकोटमा माओवादीस“ग भएको भिडन्तमा एक माओवादी कार्यकर्ता मारिएपछि १० एमाले कार्यकर्ताले ज्यान मुद्दा खेपिरहेका छन् ।

'माओवादी नेता टोपबहादुर रायमाझीको उपस्थितिमा सबै दलका प्रतिनिधि रहेको जिल्ला परिषद्ले राजनीतिक प्रकृतिको भएकाले उक्त मुद्दा फिर्ता लिने सहमति गरिसकेका थिए,' ढकालले कान्तिपुरसित भने, 'उहिल्यै फिर्ता लिने सहमति भइसकेको मुद्दा गौतम गृहमन्त्री भएको यतिका समय बितिसक्दा पनि किन भएन भनी प्रश्न उठाएको हु“ ।'

बैठकमा गौतम उपस्थित

थिएनन् । अन्य केन्द्रीय सदस्यले पनि माओवादी ज्यादतीका विषयमा प्रश्न उठाएपछि महासचिव झलनाथ खनालले बैठक कक्षबाटै गृहमन्त्री गौतमलाई टेलिफोन गरी उपस्थित हुन आग्रह गरेका थिए ।

गौतमले बैठकमा उपस्थित भई तत्काल मुद्दा फिर्ताको प्रक्रिया अघि बढाउने र शान्तिसुरक्षाको अवस्थामा सुधार ल्याउन थप लागिपर्ने प्रस्टीकरण दिएको स्रोतले बताएको छ ।

गौतमको प्रस्टीकरणपछि मात्रै बैठक सुचारु भएको थियो । बैठकमा महासचिव खनालले २० पृष्ठ लामो राजनीतिक प्रतिवेदन वाचन गरे । प्रतिवेदनमा २० औ केन्द्रीय कमिटीको बैठकको मूल्याङ्कन तथा समीक्षा, गठबन्धन सरकारमा सहभागी हुनुको औचित्य, माओवादीको उग्रवामपन्थी भडकावविरुद्धको वैचारिक संर्घष्ा जारी, महाधिवेशनको तयारीलगायतका विषयमा केन्द्रित छ ।

प्रतिवेदनमा गठबन्धन सरकारमा सहभागी हुनु तत्कालीन आवश्यकता र सही भएको उल्लेख गर्दै राम्रो भूमिका खेल्नुपर्ने उल्लेख छ । त्यस्तै प्रतिवेदनमा केन्द्रीय कमिटी विघटन गरी महाधिवेशन तयारी समिति गठन गर्ने उल्लेख छ । स्रोतका अनुसार केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न बसेको स्थायी समितिको बैठकमा केन्द्रीय कमिटी विघटन गर्ने प्रस्तावबारे मतभेद भएको थियो । पर्ूवमहासचिव माधव नेपालले राजीनामा दिएका बखतका कार्यवाहक महासविच अमृत

बोहोराले केन्द्रीय कमिटी विघटन गरी आयोजक समिति बनाउन राखेको प्रस्ताव त्यो बेला खनालले आफैं अस्वीकार गरेका थिए ।

बैठकले असोज ३० र कात्तिक १ गते राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्ण्र्ाागरेको छ । 'जिल्ला कमिटीका सचिव, अञ्चलस्तरीय कमिटीका सम्पर्ूण्ा पदाधिकारी, पार्टर्ीीदस्य भएका सभासद् उक्त भेलामा सहभागी हुने छन्,' प्रचार विभाग प्रमुखर् इश्वर पोखरेलले भने, 'महाधिवेशनको पर्ूवसन्ध्यामा हुने यो भेलाले त्यसलाई दिशानिर्देश गर्ने छ ।' सोमबार बिहान फेरि बस्ने बैठकले महाधिवेशन तयारीका विषयमा आवश्यक निर्ण्र्ाागर्ने उनले बताए ।

श्रोत: कान्तिपुर

कांगेसलाई सरकारमा ल्याउनेबारे छलफल

नेपाल समाचारपत्र (काठमाडौं) राष्ट्रपति पदमा सहमति कायम नभएपछि सत्ताबाहिर रहेको नेपाली कांग्रेसलाई पुनः सत्तामा सहभागी गराउने प्रयास प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुरू गर्नुभएको छ।

संविधानसभामा दोस्रो ठूलो दल नेपाली कांग्रेसलाई सत्तामा सहभागी नगर्राई संविधान निर्माण पूरा गर्न नसक्ने अवस्था देखेपछि प्रधानमन्त्री प्रचण्डले यो प्रयास शुरू गर्नुभएको हो। तर नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले यो प्रस्तावलाई अस्वीकार गरिसक्नुभएको छ।

नेपाली कांग्रेसलाई सत्तामा सहभागी गराउने र संविधान निर्माण प्रक्रिया अगाडि बढाउने प्रयासस्वरूप प्रधानमन्त्री प्रचण्डले शनिबार एमाले पर्ूवमहासचिव माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभयो। पर्ूवमहासचिव नेपालको कोटेश्वरस्थित निवासमा भएको वार्तामा प्रधानमन्त्रीलेे नेपाललाई सक्रिय राजनीतिक भूमिकामा आउन आग्रह गरेको प्रचण्डले पत्रकारलाई जानकारी दिनुभयो।

नेपाली कांग्रेसलाई पनि सत्तामा सहभागी गराउँदा संविधान निर्माण गर्न सहज हुने भएकाले काङ्ग्रेसलाई पनि सरकारमा सहभागी बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिनुभयो। सबै पार्टीलाई सरकारमा सामेल गराएर राष्ट्रिय सरकारको स्वरूप दिन, माओवादीलाई व्यवहार सुधार्न, सहकार्यको वातावरण बनाउन र सरकारी निर्णय सहमतिका आधारमा गर्न आफूले प्रधानमन्त्रीलाई सुझाव दिएको नेता नेपालले बताउनुभयो।

भेटमा प्रधानमन्त्री प्रचण्डले सत्ता सञ्चालनका लागि गठन हुने उच्चस्तरीय संयन्त्रको नेतृत्व गरिदिन वा संविधान निर्माण प्रक्रियाको अगुवाइ गरिदिन पनि नेता नेपाललाई आग्रह गर्नुभएको थियो।

प्रधानमन्त्री प्रचण्डले शनिबार नै नेकपा (एकता केन्द्र मसाल) का महासचिव नारायणकाजी श्रेष्ठ (प्रकाश) र नेपाल सद्भावना पार्टी(आनन्दीदेवी) का महासचिव सरिता गिरीसँग पनि भेट गर्नुभएको थियो। भेटमा राष्ट्रिय सरकार गठनका विषयमा कुराकानी भएको
बताइएको छ।


श्रोत: नेपाल समाचार पत्र

विमान दुर्घटनाको स्थलगत छानबिन शुरू

काठमाडौं, (नेस) गत बुधबार लुक्ला विमानस्थलमा दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानसम्बन्धी जाँचबुझ गर्न गठित सरकारी आयोगले शनिबारदेखि स्थलगत अध्ययन शुरू गरेको छ।


यतीको ट्वनअटर विमान गत बुधबार दुर्घटनाग्रस्त भएपछि सरकारले गैरसैनिक हवाई उडान (दुर्घटना जाँच) नियम २०२४ बमोजिम महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ता पुष्पराज कोइरालाको अध्यक्षतामा ५ सदस्यीय दर्ुघटना जाँच आयोग गठन गरेको थियो।

उक्त आयोगमा नागरिक उड्डयन मेडिकल बोर्डका चिकित्सक रणजितसिंह बराल, नेपाल वायुसेवा निगमका वरिष्ठ विमानचालक सुभाष रिजाल, वरिष्ठ इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ र सदस्यसचिवमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव नगेन्द्रप्रसाद घिमिरे रहनुभएको छ। आयोगले दुर्घटना प्रतिवेदन २ महिनाभित्र सरकारसमक्ष पेस गर्ने बताइएको छ।

शनिबार बिहान १० बजे ५ सदस्यीय जाँचदल अनुसन्धानका लागि लुक्लातर्फ गएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक यज्ञप्रसाद गौतमले भन्नुभयो- ँअरू सम्पूर्ण जानकारी भने टोलीको अनुसन्धानपछि थाहा हुन्छ।’

यती एयरलाइन्सको सो विमान बुधबार बिहान ६ बजेर ५१ मिनेटमा काठमाडौंबाट लुक्लाका लागि प्रस्थान गरेकोमा ७ बजेर ३१ मिनेटमा विमानस्थलमा अवतरण गर्ने क्रममा ढिस्कोमा ठोक्किन गई दुर्घटना भएको थियो। विमानमा सवार चालकदलसहित १९ जनामध्ये १८ जनाको मृत्यु भएको थियो भने चालक क्याप्टेन सुरेन्द्र कुँवर घाइते हुनुभएको थियो।

विमानमा रहेका अन्य यात्रुमा १२ जर्मन, २ अस्टे्रलियन, २ नेपाली र चालकदलका २ सदस्य को-पाइलट विकास पन्त र एयर होस्टेज सुनीता श्रेष्ठसहित १८ जनाको मृत्यु भएको थियो।


श्रोत नेपाल समाचार पत्र

नगरपालिकामा अनिश्चितकालीन तालाबन्दी

जलेश्वर नगरपालिका कार्यालयमा आइतबार आक्रोशित एक समूहले अनिश्चितकालीन तालाबन्दी गरेको छ ।

जलेश्वर नगरपालिका-१ मा सडक मर्मतका लागि सो नगरपालिकाद्वारा निकासा गरिएको रु.तीन लाख ५५ हजार अनियिमितता भएको भन्दै सो वडावासीले नगरपालिकाका कार्यालय प्रमुख, योजना शाखा र लेखा शाखामा अनिश्चितकालिन तालाबन्दी गरी जिल्ला प्रशासन कार्यालय, महोत्तरीमा प्रतिनिधिमण्डलका रुपमा पुगेका थिए ।

स्थानीयवासीले कार्यालय प्रमुख, योजना शाखा र लेखापालको संयुक्त मिलोमतोमा सो रकम भ्रष्टाचार भएको आरोप लगाएका छन् ।


नेपाल जापान डट् कम् सम्वाददाता
महोत्तरी अक्टोबर, १२

ज्वाला सिंह समुहका कार्यकर्ता पक्राउ

धनुषा जिल्लामा प्रहरीले शसस्त्र समुहका एक जना कार्यकर्तालाई आइतबार बिहान पक्राउ गरेको छ । जिल्ला प्रहरीकार्यालय धनुषाबाट खटिएको गस्ती टोलीले विहान ११ बजे तिर जनकपुर बाट जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला समुहका एक जना कार्यकर्तालाई प्रहरीले पकाउ गरेको हो ।

प्रकाउ पर्नेमा जनकपुर नगरपालिका वडा नम्बर ७ बस्ने बिजली सिंह भन्ने मोर्चाका राकेश पाण्डे रहेका छन् । प्रकाउ परेका पाण्डेलाई आवश्यक कारबाही भई रहेको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ ।
त्यसैगरी धनुषा प्रहरीले शनिवार साँझ बिभिन्न मुद्धा लागेका दुई जनालाई पनि पकाउ गरेको छ । उमा प्रेमपुरबाट कर्तव्य ज्यान मुद्धाका अभियुक्त बनाइएका श्याम सुन्दर साह र खरखजना मुदा अन्र्तगत अभियुक्त बनाइएका श्याम सुन्दर यादवलाई पकाउ गरिएको बुझिएको छ ।


सानुकुमारी उपाध्याय
जनकपुर अक्टोबर, १२
श्रोत:nepaljapan.com